१० किलो गाँजा सहित दुई जना भारतीय नागरिक पक्राउ ।

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–१, औरही चोकमा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा १० किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।मंगलबार दिउँसो करिब ४ः३० बजेतिर बर्दिवास–जलेश्वर सडकखण्ड हुँदै दक्षिणतर्फ जाँदै गरेको BR30A 0608 नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लागू औषध फेला परेको हो।प्रहरीका अनुसार मोटरसाइकल चालक भारत, बिहार राज्य वैशाली जिल्लाका २७ वर्षीय गोबिन्द राम र पछाडि सवार २१ वर्षीय एकवाल मोहम्मद पक्राउ परेका हुन्। उनीहरूले बोकिरहेको कालो झोलामा प्लास्टिकले बेरिएको अवस्थामा ५–५ किलोका दुई पोका गरी १० किलो गाँजा लुकाइ–छिपाइ राखेको भेटिएको प्रहरीले जनाएको छ।बरामद गरिएको लागू औषध र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशाला लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…
थप पढ्नुहोस्

महोत्तरीमा ३० किलोभन्दा बढी गाँजा सहित पाँच जना पक्राउ ।

Oplus_131072 महोत्तरी, असोज २८ गते — जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई छुट्टाछुट्टै स्थानबाट गरी ३०.४८२ किलो ग्राम अवैध लागू औषध (गाँजा) सहित पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार, असोज २७ गते राति करिब ९:३० बजे, विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले ईर्दिवास नगरपालिका–४, पञ्चधुरा मन्दिर नजिकैको भित्री सडक खण्डमा चार जना युवकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमासर्लाही हरिवन नगरपालिका–४ का डेनिस घिसिङ (२३ वर्ष),सोही स्थानका राज बुलन (२९ वर्ष),धनुषा जनकपुर उपमहानगरपालिका–२ का धिरण यादव (२६ वर्ष) रसोही क्षेत्रका उमेश यादव (२४ वर्ष) रहेका छन्।प्रहरीले उनीहरूबाट रातो रंगको प्लास्टिकमा प्याक गरी झाडीमा लुकाएर राखिएको १० किलो ४८२ ग्राम गाँजा…
थप पढ्नुहोस्

बर्दिबासमा वि.पी राजमार्ग अवरुद्ध, सुनौलो वि.पी यातायात प्रा.लि.माथि बस दुर्घटनाको उपचार खर्च नबेहोरेको आरोप

बर्दिबास, असोज २६  सर्लाहीको घारीबथानबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार खर्च नबेहोरेको भन्दै पीडित परिवार र स्थानीय बासिन्दाले आज बिहानदेखि बर्दिबास क्षेत्रको वि.पी राजमार्ग अवरुद्ध गरेका छन्। गत असोज १७ गते बिहान ६:३५ बजे सर्लाहीको घारीबथानबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १४६४ नम्बरको सुनौलो वि.पी यातायात प्रा.लि.को बस खयरमारा–१० मा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा दर्जनौं यात्रु घाइते भएका थिए। तीमध्ये गम्भीर अवस्थाका यात्रुहरूको उपचार हाल काठमाडौँस्थित ट्रमा सेन्टर, विर अस्पताल र भक्तपुर इन्टरनेशनल अस्पतालमा भइरहेको छ। पीडित परिवारका अनुसार उनीहरूले सोही कम्पनीकै टिकट काटेर यात्रा गरेका थिए। तर दुर्घटनापछि सुनौलो बीपी यातायात प्रा.लि.का अध्यक्ष कान्छामान तामाङले बस अब कम्पनीमा आबद्ध नरहेको भन्दै जिम्मेवारी अस्वीकार…
थप पढ्नुहोस्

सितल निवासमा शक्ति–राजनीति माथि तातो बहस

काठमाडौँ – देशको राजनीति फेरि एक पटक निर्णायक मोडमा पुगेको छ। राष्ट्रपति भवन सितल निवासमा अहिले संसद विघटन गर्ने वा नगर्ने भन्ने प्रश्नमा तीव्र बहस भइरहेको छ।राष्ट्रपति र परम्परागत ठूला दलका नेताहरु संसद विघटन नगरी जेनजीको प्रस्तावअनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी ६ महिनाभित्र आमनिर्वाचन गराउन चाहन्छन्। तर जेनजीले भने संसद विघटन गरेरै कार्कीलाई प्रधानमन्त्री बनाइ चुनावमा लैजानुपर्ने अडान लिएका छन्।पुराना दलको तर्कसंसद विघटन भए संवैधानिक संकट आउन सक्ने भन्दै पुराना दलका नेताहरु चिन्तित देखिएका छन्। कतिपय कानुनविद्हरु पनि संसद विघटन गर्दा संविधान नै कमजोर हुन सक्ने चेतावनी दिइरहेका छन्। उनीहरुको बुझाइमा, संसद कायम रहेमात्रै राजनीतिक स्थायित्व सुनिश्चित हुन्छ।जेनजी पक्षको अडानजेनजी र उनका समर्थकहरु भने उल्टो धारणा राख्छन्।…
थप पढ्नुहोस्

बर्दिवास : एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न

बर्दिवास, भदौ १७ – एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारणसभा र खयरमारा इकाई भेला सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम बर्दिवासको वडा नं. ११ स्थित सहकारी कार्यालयमा आयोजित भएको हो।एकीकृत बचत तथा ऋण सहकारी संस्थाको खयरमारा सेवा केन्द्रमा ३४२ जना शेयर सदस्यहरू हुनुहुन्छ। यस कार्यक्रममा बर्दिबास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षको प्रमुख अतिथि र बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु बहादुर खड्काको विशिष्ट अतिथ्यतामा सो कार्यक्रम भएको थियोकार्यक्रममा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का र सहकारीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले सहकारीलाई अझ सुदृढ बनाउन 'पारदर्शिता, सहभागिता र सुशासन' भन्ने तीन आधारमा जोड दिने कुरामा जोड दिएका छन्। वाहाँहरूले भन्नुभयो, “सहकारीको वास्तविक विकास र…
थप पढ्नुहोस्